गृहपृष्ठ मनकामना केबल कार २५ वर्षमा प्रवेश
मनकामना केबल कार २५ वर्षमा प्रवेश
मनकामना केबलकार २५ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।
चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केबलकारले कूल आम्दानीको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत सोही क्षेत्रमा खर्च गर्दै आएको छ ।
यसै सन्दर्भ पारेर यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस् बाई मनकामना केबल कार प्रालिले मनकामनामा ४० कोठाको रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ । यसको लागत ४८ करोड रुपैयाँ रहेको छ ।
त्यसैगरी केबलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि जनाएको छ ।
प्रकाशित समय : १३:३९ बजे



















