global ime bank Long Banner Ad

गृहपृष्ठ स्कुटरकाे डिकीमा पेस्ताेल, दुई जना पक्राउ

स्कुटरकाे डिकीमा पेस्ताेल, दुई जना पक्राउ

स्कुटरकाे डिकीमा पेस्ताेल, दुई जना पक्राउ

ललितपुर महानगरपालिका-२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-४,  जावालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजेपछि उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटरसहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु