गृहपृष्ठ पोल्याण्डद्वारा दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग, इयूलाई पठायाे कूटनीतिक नोट
पोल्याण्डद्वारा दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग, इयूलाई पठायाे कूटनीतिक नोट
पोल्याण्डले जर्मनी विरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयू)का सबै देश, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ । पोल्याण्डका उप विदेशमन्त्रीले दिएको जानकारीअनुसार सेप्टेम्बर १ मा पोल्याण्ड सरकारले दोस्रो विश्वयुद्धमा पोल्याण्डले भोगेको भौतिक क्षतिको विस्तृत विवरण प्रस्तुत गरेको थियो । यसले जर्मनीसँग १.३ ट्रिलियन युरोको आर्थिक क्षतिपूर्ति मागिरहेको छ ।
पोल्याण्डको विदेश मन्त्रालयले जर्मनीलाई युद्धको क्षतिको क्षतिपूर्तिको लागि अनुरोध गर्दै कूटनीतिक नोट पठाएको हो । यद्यपि जर्मनीले पोल्याण्डलाई क्षतिपूर्तिको मुद्दाका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिवेदन तयार गर्ने जिम्मा लिएको टोलीको नेतृत्व गरेका पोल्याण्डका उपविदेशमन्त्री अर्काडियस मुलार्कजिकले पोल्याण्ड प्रेस एजेन्सी (पीएपी)लाई कूटनीतिक नोट कूटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारसँग संलग्न र अन्तरराष्ट्रिय वकिलहरूलाई जानकारी गराउन पठाइएको बताए । उनले भने, ‘युरोपेली र अन्तरराष्ट्रिय कानूनको शासन, मानव अधिकारसँग सरोकार राख्छ ।’
मुलार्कजिकले प्रतिवेदन कागजातले जर्मनीले युद्धको परिणामस्वरूप पोल्याण्डले भोगेको नोक्सानलाई व्यवस्थित नगरेको देखाएको छ । यसले लुटेका कलाकृतिहरू एवं बैंक सम्पत्तिहरू फिर्ता गरेको देखिदैन । पोलिश नागरिकहरूलाई जर्मनीको आक्रामकताको परिणामस्वरूप उनीहरूले भोगेको क्षतिको लागि क्षतिपूर्ति दिएको थियो ।
बर्लिनले पोल्याण्डसँगको आफ्नो खाता नमिलेको र वार्साले पठाएको कूटनीतिक नोटको जवाफ पनि नदिएको भन्दै पोल्याण्डले यस विषयमा अन्तरराष्ट्रियस्तरमा छलफल सुरु गर्न चाहेको छ ।
प्रकाशित समय : १२:३५ बजे



















