गृहपृष्ठ चितवन–२ मा ४४ हजार मतान्तरसहित स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी
चितवन–२ मा ४४ हजार मतान्तरसहित स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।
लामिछानेका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत आएको छ ।
लामिछानेले निकटतम् प्रतिस्पर्धी श्रेष्ठलाई ४४ हजार १ सय ७० मतले पराजित गरेका छन् ।
प्रकाशित समय : ११:५५ बजे



















