global ime bank Long Banner Ad

गृहपृष्ठ सल्यानमा समाजवादीका प्रकाश ज्वालाको बलियो जित

सल्यानमा समाजवादीका प्रकाश ज्वालाको बलियो जित

सल्यानमा समाजवादीका प्रकाश ज्वालाको बलियो जित

सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् । २०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । उनले पहिलो पटक २०५६ मा , दोस्रो पटक २०७०, तेस्रो पटक २०७४ जित हासिल गरेका थिए ।

२०५२÷०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यो भन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।

उनले जिल्लाको मुख्य मार्ग राप्ती राजमार्ग, मदनभण्डारी मार्ग लगायत अन्य मार्गलाई कालोपत्र गर्ने र जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी समस्या समाधान गर्नेमा प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु