काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पार्टीका उम्मेदवारविरुद्ध लागेको भन्दै कांग्रेसका पाँच नेतामाथि कारबाही

7.33K
shares

नेपाली कांग्रेसले पार्टी र गठबन्धनको उम्मेदवारविरुद्ध क्रियाशील भएको भन्दै पाँचजना क्रियाशील सदस्यलाई कारबाही गर्दै उनीहरूको नाम अभिलेखबाट हटाउने निर्देशन दिएको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

यसरी साधारण सदस्यबाटै कारबाहीमा परेकामा हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही, बाराका क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव, बाराका महाधिवेशन प्रतिनिधि रवीन्द्रप्रसाद यादव र वीरेन्द्रप्रसाद यादव तथा जिल्ला सदस्य बाराका रामएकवालप्रसाद यादव छन् ।