काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आफ्नै मामाकाे हत्या गरेको अभियोगमा भाञ्जा पक्राउ

10.35K
shares

पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा उनका भाञ्जा पक्राउ परेका छन् ।

आफ्नै मामाकाे हत्या अभियाेगमा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाँचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे । उर्लाबारी नगरपालिका-८ स्थित कल्पना पाँचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेकाे थियाे । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।