गृहपृष्ठ नेप्से ०.५६ प्रतिशतले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से ०.५६ प्रतिशतले घट्यो, कारोबार रकममा पनि गिरावट
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.५४ अंकले घटेको छ । आज नेप्से ०.५६ प्रतिशतले घटेर १९८३.१६ बिन्दुमा पुगेर बन्द भएको हाे ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँकाे काराेबार भएकाे छ । बिहीबार १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बराबरको कारोबार भएको थियाे ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.६० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त समूहको परिसूचक १.२६ प्रतिशत र हाइड्रोपावर लघुवित्त समूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ ।
आइतबार लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक वृद्धि भएको छ । उक्त योजनाको इकाई मूल्य ७.९० प्रतिशतले वृद्धि भएर प्रति इकाई मूल्य ८ रुपैयाँमा ६ पैसामा बन्द भएको छ । त्यस्तै, लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ३.७७ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा नबिल ब्यालेन्सड् फण्ड-२ रहेको छ । उक्त योजनाको इकाई मूल्य ६.९० प्रतिशतले घटेर प्रति इकाई मूल्य ८ रुपैयाँ ३६ पैसामा झरेको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ६.४० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७८ रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : १६:०५ बजे


















