global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : पाकिस्तानलाई न्युजिल्यान्डले दियाे १५३ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप : पाकिस्तानलाई न्युजिल्यान्डले दियाे १५३ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप : पाकिस्तानलाई न्युजिल्यान्डले दियाे १५३ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५२ रनको योगफल खडा गरेकाे हाे । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५३ रन जोड्दा कप्तान केन विलियम्सनले ४२ बलमा एक चौका र एक छक्का मद्दतमा ४६ रन जोडे ।

पाकिस्तानका साहिन शाह अफ्रिदले दुई र मोहम्मद नबाजले एक विकेट लिए । न्युजिल्यान्ड लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा स्थान बनाउन चाहन्छ । गत संस्करणको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

न्युजिल्यान्ड ग्रुप वानको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने पाकिस्तान ग्रुप टु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हाे ।

दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इङल्यान्डबीच हुनेछ ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु