global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सनबीच बिमा सेवासम्बन्धी सम्झाैता

लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सनबीच बिमा सेवासम्बन्धी सम्झाैता

लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सनबीच बिमा सेवासम्बन्धी सम्झाैता

लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच एक सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झाैता भएकाे हाे ।

सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आवद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई लुम्बिनी विकास बैंकले दुर्घटना बिमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखा सञ्चालनमा रहेका छन् ।  निकट भविष्यमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने तयारी भइरहेकाे बैंकले जनाएकाे छ ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु