काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो अमेरिकी डलरको भाउ

10.16K
shares

अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकोमा मंगलबार घटेर खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसामा झरेको हो ।

यसैगरी युरोपियन युरो पनि घटेको छ । यसअघि एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेकोमा आज घटेर खरिदमा १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा रहेको छ ।