लिभरपुलकाे जितमा सलाह नायक
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:१६
shares

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । लिभरपुलकाे जितमा माेहमद सलाह नायक बने ।
आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २-१ गोल अन्तरले हराएको हो । सलाहले लिभरपुलका लागि दुवै गोल गरे । खेलको ११औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
सलाहले खेलको ४०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७०औं मिनेटमा टोटेनहमका ह्यारी केनले सान्त्वना गोल फर्काएपनि लिभरपुल विजयी भयो ।
जितसँगै १३ खेलमा १९ अंक जोडेकाे लिभरपुल आठौं स्थानमा रहेको छ । टोटेनहम २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
























