global ime bank Long Banner Ad

गृहपृष्ठ नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ घाइते

नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ घाइते

नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ घाइते

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका-४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

उहाँका अनुसार डुंगा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।

डुंगामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु