गृहपृष्ठ मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका-२, मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आइनसकेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बस सडकबाट झण्डै एकसय मिटर तल खसेको छ ।

प्रकाशित समय : ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु