काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रत्यक्षतर्फको मतपत्र छपाइ धमाधम, ढुवानीलाई तीव्रता

9.22K
shares

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको करिब साढे दुई करोड मतपत्र छपाइ कार्य सकेकाे छ ।

शनिबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ गरेको आयोगले जनाएकाे छ ।

चुनावका लागि ८ करोड मतपत्र छाप्ने आयोगले तयारी गरेको छ । प्रत्यक्षतर्फ ४ करोड र समानुपातिकतर्फ त्यति नै संख्यामा मतपत्र छाप्ने भएको हो । समानुपातिक तर्फको मतपत्र छपाइ आयोगले यसअघि नै सकेको छ ।

आयोगले निर्वाचन सामाग्रीको ढुवानीलाई पनि तीव्रता दिएको छ । आयोगका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । यसैगरी ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र पनि ढुवानी हुनेछ ।

त्यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयाेगले जनाएकाे छ । आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ । यस क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ ।