काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ला लिगा : बार्सिलोनाको ४ गोल

9.3K
shares

ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टाे, रोबार्टाे लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्रै  गोल गरेको थियो ।

जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ ।