गृहपृष्ठ कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा नि:शुल्क जीवन बिमा
कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा नि:शुल्क जीवन बिमा

कुमारी बैंकले जीवन बीमा सुविधासहितको कुमारी जीवन बिमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बिमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन् ।
यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्युतम ५० हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुईदेखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बिमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ ।
मुद्दती निक्षेप तथा जीवन बिमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकमाझ प्रस्तुत गरेको छ ।
प्रकाशित समय : ०७:४३ बजे