काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

9.62K
shares

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/०७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानुसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/०७९ मा चार अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

कुल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।