global ime bank Long Banner Ad

गृहपृष्ठ सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने
सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।

होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सोल्टीले साधारणसभा प्रयोजनाका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु