global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो ।

आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति जारी गरेर सात बुँदे निर्देशन जारी गरेको जानकारी दिएका हुन् । राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिएर निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्नेसमेत गरिएको टिप्पणी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने गरेकाे सूचना प्राप्त भएकाे आयोगले जनाएकाे छ । राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएकोले निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न  लिखित निर्देशन दिएको हाे ।

विज्ञप्ति :

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु