गृहपृष्ठ एनसेलले बाेलायाे तेस्राे साधारण सभा

एनसेलले बाेलायाे तेस्राे साधारण सभा

एनसेलले बाेलायाे तेस्राे साधारण सभा

एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लाभांश प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन । यसका साथै सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु