काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरमा देउवा समुहको कांग्रेसको जिल्ला अधिवेशन चल्दै

1.3K
shares

ai logo सारांश

  • शेरबहादुर देउवा समुहको नेपाली कांग्रेसले आज भोजपुर सदरमुकाममा जिल्ला अधिवेशन सुरु गरेको छ ।
  • जिल्ला संयोजक धर्मराज राईको सभापतित्व तथा केन्द्रिय प्रतिनिधि उत्तम कुमार चापागाईको प्रमुख आतिथ्यमा अधिवेशन सुरु गरेको हो ।
  • कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता कायम छ ।

भोजपुर । शेरबहादुर देउवा समुहको नेपाली कांग्रेसले आज भोजपुर सदरमुकाममा जिल्ला अधिवेशन सुरु गरेको छ । जिल्ला संयोजक धर्मराज राईको सभापतित्व तथा केन्द्रिय प्रतिनिधि उत्तम कुमार चापागाईको प्रमुख आतिथ्यमा अधिवेशन सुरु गरेको हो ।

जिल्ला अधिवेशनको कार्यतालिका आज कात्तिक १५ गतेलाई तोकिएकाले सोही अनुसार अधिवेशन सुरु गरिएको जिल्ला संयोजक राईले जानकारी दिए । मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने गरी पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशनका कार्यक्रमहरु भई रहेका छन ।

नेपाली काँग्रेसभित्र समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले यस भन्दा अगाडी पनि बिभिन्न जिल्लाका अधिवेशनहरु सम्पन्न गरि सकेको छ । भोजपुरमा हुने अधिवेशनले जिल्ला पदाधिकारी र महमाधिवेशन प्रतिनिधिहरु च्यन गर्ने छ ।

कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता कायम छ । काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका सांगठनिक गतिविधि अलगअलगरूपमा अघि बढाउँदै आएका छन ।