global ime bank Long Banner Ad

गृहपृष्ठ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा वि.सं. १९७७ मा जोशीको जन्म भएको थियो । सँस्कृतिविद रहेका जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।

उनलाई २०७९ को संविधान दिवसको अवसरमा सरकारले ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु