global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगु संक्रमण पुष्टी

राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगु संक्रमण पुष्टी

राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगु संक्रमण पुष्टी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो ।

शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन् ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु