गृहपृष्ठ ‘सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती’
‘सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती’
सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।
पोखरामा शनिबार भएको कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्नेमा जाेड दिए । उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे ।
राजनीतिक दलहरु र उम्मेदवारमाथि प्रेसले प्रश्न गरिरहनु पर्ने भन्दै उनले सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशतभन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताए ।
अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले यो सुखद कुरा रहेको उनको भनाइ छ ।
प्रकाशित समय : १४:२० बजे




















