काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम आयोजना

9.66K
shares

विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेक्युरिटी रिस्क मेनेजमेन्ट एन्ड लिगल इस्युजबारे क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

कार्यक्रमको सभापतित्व जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी बिमल) ले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाइरेक्टर डा. भरत सिंह थापा थिए । तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा विज्ञ प्रशिक्षकको रुपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।

कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारी लगायत कार्यसमिति सदस्यहरुसमेत गरी करिब ६० जनाको सहभागिता भएको उक्त कार्यक्रममा काजिअ बारका अध्यक्ष पौडेलले वर्तमान सेयर बजारमा धेरै लगानीकर्ताहरुको प्रवेश भएको र सबैमा सेयर बजारसम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा सेयर बजारबाट हुनसक्ने नोक्सानी र कानुनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताए ।