global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ६ प्रदेशबाट बाहिरियो मनसुन

६ प्रदेशबाट बाहिरियो मनसुन

६ प्रदेशबाट बाहिरियो मनसुन

नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो ।

यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।

सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु