काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्विट्जरल्याण्डले दियो ३५ लाख बैंक खाताकाे वित्तीय विवरण

16.07K
shares

स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको संघीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो ।

कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार स्विट्जरल्याण्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो । स्विट्जरल्याण्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ ।

सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भए/नभएको निर्क्याेल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ ।