global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय तहका पूर्व प्रमुख सांसदको तयारीमा

स्थानीय तहका पूर्व प्रमुख सांसदको तयारीमा

स्थानीय तहका पूर्व प्रमुख सांसदको तयारीमा

२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी भएका केही नेताले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सांसदको उम्मेदवारी दर्ता गराएको छन् ।

२०७४ मा कैलालीको टिकापुर नगरपालिका मेयरमा निर्वाचित बनेका तपेन्द्रबहादुर रावलले यस पटक प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । उनले कैलाली–१ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

यसैगरी बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशव चन्दले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका चन्दले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाको मेयरमा विजयी भएका हरि सिंह साउँदले यस पटक प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले नेकपा एमालेबाट कैलाली–४ को प्रदेश सभा क्षेत्र ख मा प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा गौरीगंगा नगरपालिकाका मेयर बनेका भीम देउवाले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी नेकपा एमालेबाट कैलाली–४ को प्रदेशसभा क्षेत्र क बाट उम्मेदवारी दिएका हुन् ।

कञ्चनपुरको क्षेत्र नम्बर-३ प्रदेश सभा क्षेत्र ख मा सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेबाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको सूर्नयाँ गाउँपालिकाका पुर्व अध्यक्ष वीरबहादुर विष्टले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्नयाँ गाउँपालिकाका अध्यक्ष बनेका थिए । यसपटक पनि उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट प्रदेश सभा क्षेत्र ननम्बर क बाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको पुचौडी नगरपालिकाकी पूर्व उपमेयर जानकी ऐर बम प्रदेश सभाका लागि एमालेको समानुपातिक सूचीमा छन् । २०७४ मा लम्कीचुहा नगरपालिकाकी उपमेयर बनेकी पूजा थापा नागरिक उन्मुक्तिको समानुपातिक सूचीमा रहेकी छन् । उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा विजयी भएकी थिइन् ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु