global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् ।

उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिव एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु