काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा १५ अंकको वृद्धि

10.04K
shares

सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्