चालु आर्थिक वर्षको दुई महिनामा साढे २ खर्ब व्यापार घाटा
वि.सं.२०७९ असोज ९ आइतवार १४:५१
shares

चालु आर्थिक वर्षको दुई महिनामा वस्तु आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्षको दुई महिनामा १३.०१ प्रतिशतले आयात घटेको हो ।
गत आर्थिक वर्षको साउन र भदौमा वस्तु आयात ३ खर्ब १४ अर्ब रूपैयाँ बराबरको भएको थियो । तर, चालु आर्थिक वर्षको साउन र भदौमा २ खर्ब ७३ अर्ब रूपैयाँको मात्रै आयात भएको हो ।
चालु आर्थिक वर्षमा गाडीलगयत वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ । त्यसको प्रभाव परेको तथ्यांकले देखाएको छ ।
उक्त अवधिमा वस्तु निर्यातमा समेत गिरावट आएको छ । गत आर्थिक वर्षको सुरूको दुई महिनामा वस्तु निर्यात ४४ अर्ब रूपैयाँ बराबरको भएकोमा यो वर्षको दुई महिनामा २८ अर्ब रूपैयाँ मात्रै भएको छ ।
यो दुई महिनामा २ खर्ब ४४ अर्ब ९१ करोड बराबरको व्यापार घाटा देखिएको छ ।

























