कुमारी क्यापिटल र आराभा एग्रिकल्चरबीच ‘वय टु लिस्टिङ’ सम्बन्धी सम्झौता
वि.सं.२०७९ असोज ९ आइतवार १४:४७
shares

कुमारी क्यापिटल लमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडबीच ‘वय टु लिस्टिङ’सम्बन्धी सम्झौता भएको छ ।
कुमारी क्यापिटलले ‘वय टु लिस्टिङ’ सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थालाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
कुमारी क्यापिटल लिमिटेडले ‘वय टु लिस्टिङ’ सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थालाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवाअन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपालका तर्फबाट कम्पनीका अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।
इजराइलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्य गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ ।
साथै, कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसी एग्रो प्रालिमार्फत कृषकलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिँचाई प्रविधीको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारको बिक्री–वितरणसमेत गर्दै आइरहेको छ ।

























