global ime bank Long Banner Ad

गृहपृष्ठ सिजी इलेक्ट्रोनिक्सले नेपालमा सुरु गर्‍यो एलजी टिभीको एसेम्बली प्लान्ट

सिजी इलेक्ट्रोनिक्सले नेपालमा सुरु गर्‍यो एलजी टिभीको एसेम्बली प्लान्ट

सिजी इलेक्ट्रोनिक्सले नेपालमा सुरु गर्‍यो एलजी टिभीको एसेम्बली प्लान्ट

सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथ-साथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौँको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् ।

उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ । नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।

आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुन भन्छन्, ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादन नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ । प्राकृतिक सौन्दर्यको धनी देश नेपालका घरपरिवारका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा नयाँ अवसरहरु श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरिय तथा सर्वसुलभ उत्पादन बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिईएको छ ।’

यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भन्छन्, ‘नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौँ । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।’

चुनले मिनभवन, काठमाडौँमा रहेको एलजी शपको पनि भ्रमण गरेका छन् । र ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुम नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म, नेपालमा एलजीका ८ वटा यस्ता शोरुम रहेका छन् । चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी ईन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेका छन् ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु