पछिल्लो चौबिस घण्टामा थपिए ७४ जना कोरोना संक्रमित
वि.सं.२०७९ असोज ४ मंगलवार १६:१८
shares

पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९ सय ७७ जनाको कोरोना परिक्षण गरिएको थियो ।
पछिल्लो चौबिस घण्टामा १ सय ६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ

























