काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

8.38K
shares

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले साउन २६ गतेदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

यसमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।