आइतबारदेखि उपत्यकाका बाणिज्य बैंकले दसैँको लागि नयाँ नोट दिने
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १३:३०
shares

असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकले पनि दसैँको लागि नयाँ नोट सटही गरिदिने भएका छन् ।
नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउनसमेत भनेको छ ।
राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक/एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।
सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालय तोकी आफ्नो वेबसाइटमार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको छ ।

























