गृहपृष्ठ बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।
बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा र विद्यालय बालमैत्री हुन जरुरी रहेको प्रधानमन्त्रीले बताए ।
राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा प्रधानमन्त्री देउवाले देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना पनि गरेका छन् ।
राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
प्रकाशित समय : ०८:५२ बजे

















