global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, ध्यान समानुपातिकतिर

गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, ध्यान समानुपातिकतिर

गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, ध्यान समानुपातिकतिर

सिट बाँडफाँटबारे सत्ता गठबन्धन अझै सहमतिविहिन बनेको छ । पाँच दलबीच भागबण्डा मिलाउन कार्यदलदेखि शीर्ष नेताका बीच घनिभूत छलफल चलेपनि अझै सहमति नजुटेको हो ।

अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो ।

सिट बाँडफाँटमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् ।

माओवादी केन्द्रलाई कुनै हालतमा साथमा राख्नुपर्छ भन्नेमा सचेत उनी एकीकृत समाजवादीलाई धोका दिने पक्षमा छैनन् । ‘माधवजीले मेरै भर गरेर जोखिम उठाउनुभएको छ । हामीले टेक्ने ठाउँ नदिने हो भने माधवजी त नजानुहोला, तर अरु एमालेमै जान्छन् । त्यसले हामीलाई रणनीतिक रुपमा फाइदा पनि हुँदैन भन्ने सभापतिको बुझाइ छ’, कांग्रेसका एक नेता बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबावमा परेका छन् ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरुमा भने अरु दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशंका देखिन थालेको छ ।

यद्यपि सिट बाँडफाँटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ ।

असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यतातिर छलफल गर्ने नेताहरु बताउँछन् ।

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु