global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ जनकंग्रेस अध्यक्ष लीले आज राष्ट्रपतिलाई भेट्दै, आजै भक्तपुरको भ्रमण

चिनियाँ जनकंग्रेस अध्यक्ष लीले आज राष्ट्रपतिलाई भेट्दै, आजै भक्तपुरको भ्रमण

चिनियाँ जनकंग्रेस अध्यक्ष लीले आज राष्ट्रपतिलाई भेट्दै, आजै भक्तपुरको भ्रमण

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतलनिवासमा भेट्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् ।

मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।

ली चान्सु गत सोमबार काठमाडौं आएका थिए । सोही दिन उनले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । उनी सापकोटाकै निमन्त्रणामा नेपाल आएका हुन् ।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु