global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट

बागमती । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२र८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ ।

अदालतमा आव २०८१र८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२र८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।

यसमध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेशबमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३ थियो ।

मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९।७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु