global ime bank Long Banner Ad

गृहपृष्ठ पुनः क्रिकेट प्रतियोगिता गराउन राखेपलाई खेल म्यानेजरहरूको संयुक्त आग्रह

पुनः क्रिकेट प्रतियोगिता गराउन राखेपलाई खेल म्यानेजरहरूको संयुक्त आग्रह

पुनः क्रिकेट प्रतियोगिता गराउन राखेपलाई खेल म्यानेजरहरूको संयुक्त आग्रह

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा वर्षा बाधक बनेकाले पुनः प्रतियोगिता गराउन राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई खेल म्यानेजरहरुले आग्रह गरेका छन् । प्रदेश र विभागीय टोलीका खेल म्यानेजरहरुले राखेपलाई संयुक्त पत्र लेखेर पुनः प्रतियोगिता गर्न आग्रह गरेका हुन् ।

वर्षा बाधक बन्दा मुलपानीस्थित मैदानमा खेलाउने भनिएका ११ खेलमध्ये एउटाको पनि टस नभई अंक बाँड्नु परेको र कीर्तिपुर मैदानमा हुनुपर्ने १३ खेलमध्ये ८ खेल नतिजा विहीन भएको उनीहरुको भनाइ छ ।

प्रतियोगितामा सहभागी ११ टिममध्ये बागमती, गण्डकी र सशस्त्र प्रहरी बल एक खेल पनि खेल्न नपाई बाहिरिएका थिए । अन्य प्रदेश र विभागीय टोलीलेसमेत पूरै अवधि खेल खेल्नबाट बन्चित भएका थिए ।

त्यसैले खेल म्यानजेरहरुले राखेपलाई पत्र लेख्दै पुनः तालिका निर्धारण गरी उपयुक्त समयमा प्रतियोगिता गर्न माग गरेका हुन् । प्रतियोगितामा सहभागी टिमका म्यानेजरहरुले लेखेको पत्रमा भनिएको छ, ‘प्रतियोगिता जारी राख्दा वा विकल्प नसोचिएमा प्राविधिक रुपमा सम्पन्न मानी पदक वितरण पनि हुन सक्ला तर राष्ट्रिय प्रतियोगिताको महत्व र विश्वसनीयता कहाँ जाला भनी सोच्नुपर्ने बेला भएकाले हामी निवेदक टिमहरुले खेल तालिकालाई पुनः निर्धारण गरी उपयुक्त समयमा पुनः प्रतियोगिता सन्चालन गर्न श्रीमान समक्ष गम्भीर ध्यानाकर्षण गराउँदै यो निवेदन पेश गर्दछौं ।’

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु