गृहपृष्ठ उपाधिका लागि आज नेपाल र भारत भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

उपाधिका लागि आज नेपाल र भारत भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

उपाधिका लागि आज नेपाल र भारत भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६–० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो । यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

फाइनलअघि मंगलबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षकले फाइनल खेलका लागि तयार रहेको बताएका थिए ।

नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले आफ्नो न्याचुरल गेम खेल्ने र टिम एकता राम्रो रहेको बताए ।

समूह चरणमा नेपालले भारत र भुटानलाई पराजित गर्दै समूह विजेता बनेको थियो । त्यस खेलमा नेपालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित निकालेको थियो ।

नेपालसँग पराजित भए पनि भारतले सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेशलाई हराएर फाइनलमा पुगेको हो । नेपालले यो उमेर समूहमा भारतसँग फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघि तीन पटक फाइनमा भेट हुँदा नेपाल सबैमा भारतसँग पराजित भएको थियो ।

पछिल्लो पटक सन् २०१९ मा भारतमै भएको प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा ७–० ले पराजित भएको थियो । त्यसअघि २०१३ र २०१७ मा नेपालमै भएको प्रतियोगितामा फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।

नेपाल एक पटक तेस्रो र एक पटक चौथो भएको थियो । यसपटक जित्नैपर्ने दबाबमा नेपाल रहेको छ ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु