global ime bank Long Banner Ad

गृहपृष्ठ तीन महिनाभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नभए भत्काइन्छ : महानगर

तीन महिनाभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नभए भत्काइन्छ : महानगर

तीन महिनाभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नभए भत्काइन्छ : महानगर

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न समयसीमा तोकिदिएको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो ।

महानगरले दुई सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ ।

यस्तै अर्काे सूचनामा महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।

मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु