गृहपृष्ठ सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । बिहीबार सुनकाे मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो । यसअघि बुधबार सुनकाे मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:५० बजे



















