गृहपृष्ठ सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
चन्द्रपुर (रौतहट) ।मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन ।
आज रौतहटको गढीमाई नगरपालिकाको १३आँै नगरसभाको यहाँ उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिदेैउत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको र कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।
नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरेका छन ।
प्रकाशित समय : १७:३५ बजे



















