global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सको सीप अभिवृद्धि कार्यशाला सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको सीप अभिवृद्धि कार्यशाला सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको सीप अभिवृद्धि कार्यशाला सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने कर्मचारी सीप अभिवृद्धि कार्यशाला पोखरामा सम्पन्न भएको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्न ‘एक्सेल एन्ड इलेभेट २०७९/८०’ भन्ने नाराका साथ भएको उक्त सम्मेलनमा विभागीय प्रमुखसहित देशैभरिबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जनाभन्दा बढीको सहभागिता थियो ।

कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमानस्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल कार्यशाला आवश्यक रहेको बताए । उनले बिमा बजारमा कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न आग्रह समेत गरे ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम सञ्चालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने जानकारी गराए ।

कार्यक्रममा नियमनकारी निकाय बिमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बिमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरुका सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाई चर्चित सञ्चारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्वन्धी प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु