global ime bank Long Banner Ad

गृहपृष्ठ राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्षमा नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु