गृहपृष्ठ प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर
प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ ।
क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो ।
भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड्स जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन् ।
एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन् ।
प्रकाशित समय : १०:३६ बजे