गृहपृष्ठ डिजिटल प्लेटफर्ममा प्रवेश गर्दै सिताराम गोकुल मिल्क्स, वेबसाइट र मोबाइल एप सार्वजनिक गर्ने

डिजिटल प्लेटफर्ममा प्रवेश गर्दै सिताराम गोकुल मिल्क्स, वेबसाइट र मोबाइल एप सार्वजनिक गर्ने

डिजिटल प्लेटफर्ममा प्रवेश गर्दै सिताराम गोकुल मिल्क्स, वेबसाइट र मोबाइल एप सार्वजनिक गर्ने

काठमाडौं । दुग्धजन्य उत्पादन क्षेत्रको कम्पनी सिताराम गोकुल मिल्क्स प्रालि ले आफ्ना सेवा डिजिटल माध्यमबाट विस्तार गर्ने भएको छ। कम्पनीले नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याउनुका साथै आगामी एक साताभित्र एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा मोबाइल एप सार्वजनिक गर्ने घोषणा गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सुमित केडिया ले वेबसाइटको औपचारिक शुभारम्भ गरेका हुन्। उनले नयाँ डिजिटल प्लेटफर्ममार्फत उपभोक्ताले घरबाटै कम्पनीका उत्पादनबारे जानकारी लिनुका साथै अनलाइन अर्डर गर्न सक्ने बताए।

कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमार्फत दूध, घिउ, दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमलगायत उत्पादनको विवरण, मूल्य र पोषणसम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ। ग्राहकले अनलाइन अर्डरका साथै सब्स्क्रिप्सन प्रणालीमार्फत नियमित रूपमा उत्पादन खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

डिजिटल प्लेटफर्ममा ई–सेवा, खल्ती लगायतका विद्युतीय भुक्तानी सेवामार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। उपभोक्तासम्म छिटो र प्रभावकारी रूपमा उत्पादन पुर्‍याउन डिजिटल डेलिभरी प्रणालीलाई समेत प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।

कम्पनीले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई थप सहज, छरितो र आधुनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु